प्रदेश १ र मधेश प्रदेशमा एमाले पहिलो दल
मंसिर १२, काठमाडौँ । गत ४ मंसिरमा सम्पन्न भएको प्रदेशसभा निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ ।
निर्वाचन आयोगले हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार प्रदेश नम्बर १ मा नेकपा एमाले २४ मतसहित पहिलो पार्टी भएको छ। प्रदेश १ मा पाँच दलले मात्रै जित हासिल गर्न सकेका छन्।
यसैगरी, सत्तारुढ नेपाली कांग्रेस भने १४ सिटसहित दोस्रो स्थानमा रहेको छ भने माओवादीले प्रदेश १ मा जम्मा ७ वटा सिटमा जित हासिल गरेको छ।
निर्वाचन आयोगका अनुसार माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले जम्मा २ सिटमा सीमित हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि २ सिट नै विजय हासिल गरेको छ।
केही क्षेत्रको मतगणना अझै जारी छ ।
यस्तै मधेश प्रदेश सभामा एमाले पहिलो दल बन्न सफल भएको छ। हालसम्म सार्वजनिक मतपरिणामअनुसार प्रदेशसभा अन्तर्गतको प्रत्यक्षतर्फको मत परिणाम अनुसार १४ सिटससहित एमाले पहिलो दल हुन सफल भएको हो।
विगतमा तराई मधेस केन्द्रित पार्टीहरूले विजय हासिल गर्दै आएको तर यसपटकको निर्वाचनमा एमाले १४ सिटसहित पहिलो राजनीनितक दल भएको हो।
यसैगरी, कांग्रेस १३ सिटसहित दोस्रो स्थानमा छ भने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले नौ सिटमा जित हासिल गरेर तेस्रो स्थानमा छ। यसअघि सो पार्टी पहिलो स्थानमा रहेर मधेस प्रदेश सरकारको नेतृत्व गरेको थियो।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी सात स्थानसहित चौथौं नम्बरमा छ। यसअघि सो पार्टीले दोस्रो स्थानमा रहेको थियो।
पहिलो पटक मधेस प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टीले ६ वटा प्रदेशसभा सिटमा विजय हासिल गरेको छ। माओवादी केन्द्र र एकीकृत समाजवादीले ४–४ स्थानमा विजय हासिल गर्दा ६ जना स्वतन्त्रले मधेस प्रदेशसभाका लागि विजय हासिल गरेका छन।