बाग्मती प्रदेशमा कांग्रेसले संख्या बढायो, नुवाकोट १ (ख)बाट महत विजयी


मंसिर १२, काठमाडौँ । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार महत विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठलाई पराजित गर्दै महत विजय भएका हुन्।

निर्वाचन आयोगका अनुसार महतले १३ हजार ७२७ मत प्राप्त गरी विजयी हुदाँ एमालेका श्रेष्ठ ११ हजार ८३१ मतमा सिमित भएका छन्। तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विमल थापाले तीन हजार ९२ मत ल्याएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?