मेलबर्न विश्वकै सबैभन्दा मैत्रीपूर्ण शहरको सूचीको पहिलो स्थानमा पर्न सफल
मंसिर १३, मेलबर्न अष्ट्रेलिया । मेलबर्न विश्वकै सबैभन्दा मैत्रीपूर्ण शहरको सूचीमा परेको छ। अमेरिकी ट्राभल एक्सप्रेसले सार्वजनिक गरेको २०२३ का लागि ट्रेन्डिङ लिस्टमा बेलबर्न मैत्रीपूर्ण शहरको सूचीमा परेको हो।
२०१९ देखि २०२२ सम्म उक्त शहरमा पर्यटकहरूले गरेको भ्रमणको तथ्यांकको आधारमा सूची सार्वजनिक गरिएको हो। त्यस्तै, अष्ट्रेलियाको सिड्नी सबैभन्दा धेरै व्यक्तिहरूले घुम्न रहर गरेको शहर भएको छ। सिड्नीपछि फ्लोरिडा, वुडस्टक, भेरमन्ट, कोपेनहेगन, लिस्बन, पेरिस, मोन्टेग्रो र इस्तानबुल पनि पर्यटकको उच्च रोजाइमा पर्ने गन्तव्यको सुचीमा परेका छन्। त्यस्तै, मेक्सिको सिटी र फिजीको याकुभ आइल्याण्ड पनि उक्त सुचीमा अटाएका छन्।
‘अन्तर्राष्ट्रिय आगन्तुकहरूले महामारीको समयमा अष्ट्रेलियालाई सम्झिएका छन्। यात्रा डाउन अन्तर्गत फर्किएसँगै यो नयाँ तरिकामा शहरसँग जोड्ने अवसर पनि हो।’ ट्राभल एक्सप्रेसको रिपोर्टले भनेको छ। ‘संसारको सबैभन्दा ठूलो गौरव समारोहको आयोजना गर्नेदेखि लिएर ब्रिजमा यसको नयाँ आदिवासी भ्रमणहरूसम्म सिड्नी फर्कनुहोस् र यसलाई नयाँ दृष्टिकोणबाट हेर्नुहोस्।’
सिड्नी बाहेक मेलबर्नले पनि अन्तर्राष्ट्रिय पर्यटकहरूको ध्यान खिचेको छ। मेलबर्न उत्कृष्ट खाना दृश्य र रात्रि जीवनको लागि परिचित छ। मेलबर्नमा पाइने मैत्रीपूर्ण व्यवहार सबैभन्दा राम्रो पक्ष मानिएको छ।
बेलायतको इन्स्युरेन्स कम्पनी विलिया रसेलको प्रतिवेदनका अनुसार मेलबर्न संसारको सबैभन्दा मैत्रीपूर्ण शहर हो।
‘हामीले विश्वभरि सबैभन्दा धेरै भ्रमण गरिएका २३ शहरहरू लियौं र तिनीहरूलाई सबैभन्दा अनुकूल सहर फेला पार्न माथिका कारकहरूमा क्रमबद्ध गर्यौं। हाम्रो प्रत्येक कारकमा आधारित डेटा नभएका केही सहरहरू सूचीबाट हटाइएको पनि छ।’ उक्त प्रतिवेदनमा भनिएको छ।
यो अध्ययनको क्रममा श्रेणीगत गर्दा मेलबर्नले ६.०६ अंक प्राप्त गरेको छ। मेलबर्नलाई ‘क्यापिटल अफ कुल’को रूपमा वर्णन समेत गरिएको छ।
त्यस्तै, उक्त सुचीको दोश्रो स्थानमा ५.९९ अंक सहित पेरिस, ५.९१ अंक सहित भियन्ना तेश्रो, ५.७६ अंक सहित मड्रिड चाैथो, ५.६ अंक सहित ब्रसेल्स पाचाैँ, ५.३० अंक सहित बार्सिलोना छैठाै, ५.३० अंक सहित लन्डन साताैँ, ५.१५ अंक सहित कोपनहेगन आठाैँ, ५.१५ अंक सहति लाइपेइ नवाैँ र ५.०८ अंक सहित न्यु योर्क दशाैँ स्थानमा पेरका छन्।