सुनसरी–४ मा ज्ञानेन्द्रबहादुर कार्कीले फेरी लिए अग्रता


मंसिर १५, काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ४ मा फेरि नेपाली कांग्रेसले अग्रता लिएको छ।

मतगणना अन्तिमतिर आइपुग्दा पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार तथा बहालवाला सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ मतले अघि बढेका हुन्।

पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार १ सय ५ मत ल्याउँदा मन्त्री कार्कीले ३० हजार १२० पाएका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले ३ हजार १ सय ६८ मत, राप्रपाका विद्यानन्द यादवले ३ हजार १ सय २७ मत ल्याएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?