स्याङ्जा-२ मा १६९२ मतसहित गुरुङको अग्रता, पछ्याउँदै अर्याल
मंसिर १५, काठमाडौँ । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले १६९२ मतसहित अग्रता कायम गरेका छन्। उनले पछिल्लो मतगणनाअनुसार ६,६२५ मत ल्याएका छन्।
एमाले उम्मेदवार पद्मा अर्यालले ४,९३३ मत पाएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार ८७५ मत प्राप्त गरेका छन्।
४ मंसिरमा सम्पन्न आमनिर्वाचनका क्रममा धाँधली भएको भन्दै दलबहरूबीच आरोपप्रत्यारोप भएपछि मतगणना हुन सकेको थिएन। बुधबार पुनः मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि मत गन्न थालिएको हो। स्याङ्जा २ मा ७० हजार मत खसेको छ।