बाजुरामा मतगणना रोकियो


मंसिर १६, काठमाडौँ । बाजुरामा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ।

प्रतिनिधिसभातर्फको गणनाका क्रममा खसेको मतभन्दा ३० मत बढी मतपत्र भेटिएपछि त्यसबारे दलहरूसँग छलफल गर्नका लागि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए।

हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा उल्लेख गरिएको भन्दा ३० बढी मत फेला परेको हो। अहिले राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल जारी छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?