दोलखामा दोब्बर मतले पछि परे एमालेका शिवाकोटी
मंसिर १६, काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार गङ्गा कार्कीले अग्रता कायमै राखेका छन्। उनले तीन हजार ६१८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले एक हजार ८०० मत प्राप्त गरेका छन्।
दोलखाको प्रदेशसभा (१) मा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले तथा प्रदेशसभा (२) मा एमालेका भरत केसीले अग्रता लिएको निर्वाचन आयोगले जनाएको छ।