पर्थको एक शपिङ सेन्टरमा आक्रमणमा परेर घाइते भएकी गर्भवती आमाको मृत्यु


मंसिर १६, मेलबर्न अष्ट्रेलिया । पर्थको एक शपिङ सेन्टरमा एक किशोरीले आक्रमण गरेपछि गर्भवती आमाको अस्पतालमा मृत्यु भएको छ।

३० वर्षीया डायन मिलरको आज बिहान १ः ४५ बजे रोयल पर्थ अस्पतालमा मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्। शपिङ सेन्टरमा एक किशोरीले आक्रमण गरेपछि उनी घाइते भएकी थिइन्।

उनको पाँच महिनाको गर्भमा रहेको बच्चाको पनि मृत्यु भएको छ। करावराको वाटरफोर्ड प्लाजा सपिङ सेन्टर कारपार्कमा एक किशोरीले अप्रत्याशित झगडाको क्रममा मिलरलाई कंक्रिटको टुक्रा हानेपछि अस्पतालको गहन हेरचाहमा राखेर उपचार गरिइरहेको थियो।

मिलरका दाइ माल्कम क्लिफ्टनले एनआइटिभी समाचारलाई गत मध्येरातमा उनकी बहिनीको मृत्यु भएको पुष्टि गरेका छन्। मिलरका आठ महिनाको छोरा समेत रहेका छन्। उनका पार्टनर फिलिप एडमन्ड्सले उनी र छोरा नै मिलरको मृत्युले गहिरो शोकमा डुबेको बताएका छन्।

केन्सिङ्टनका १७ वर्षीय किशोरलाई गम्भीर शारीरिक हानी गरेको आरोप लगाइएको छ। उनले हिजो पर्थ बाल अदालतको सामना गर्नु पर्ने थियो। जासूसहरूले घटना देखेका जो कोहीलाई पनि सम्पर्न गर्न अनुरोध गरिरहेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?