आपराधिक क्रियाकलाप गरेर टर्की भागेका सिड्नीका एक व्यक्ति प्रहरीको फन्दामा


मंसिर १६, काठमाडौँ । आपराधिक क्रियाकलापमा संलग्न भएपछि अष्ट्रेलियाबाट भागेका सिड्नीका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध बनाउनले रसायन आयात गरेको आरोप लागेका टोनी हद्दादलाई संघीय प्रहरीले पक्राउ गरेको हो।

उनले २० लाखभन्दा बढी मेथाम्फेटामाइन, वा एमडीएमए, ट्याब्लेट उत्पादन गर्न सक्ने रसायन आयात गरेको आरोप लागेको छ। यो आरोप लागेपछि उनि अष्ट्रेलियाबाट भागेका थिए।

४६ वर्षीय टोनी हद्दादलाई टर्कीका अधिकारीहरूले अष्ट्रेलिया फिर्ता पठाएका थिए। डार्बिन एयरपोर्टबाट हद्दादलाई प्रहरीले पक्राउ गरेको हो। उनले आज पछि डार्विन अदालतको सामना गर्नेछन्। त्यहाँबाट उनलाई न्यू साउथ वेल्समा सुपुर्दगी गर्न आवेदन दिइने बताइएको छ।

हद्दाद २०२० मा अष्ट्रेलियाबाट भागेपछि अगस्टमा नक्कली राहदानीसहित टर्की-लेबनान सीमामा पक्राउ परेका थिए।

दुई वर्ष पहिले न्यु साउथ वेल्सको अदालतको मुद्दामा उपस्थित हुन नसकेपछि उनको खोजी सुरू भएको थियो। उनले चीनबाट २.८ टन सफारोल तेलको रूपमा प्रहरीले पहिचान गरेको अवैध पूर्ववर्ती रसायन आयात गरेको आरोपको सामना गरिरहेका थिए। दोषी प्रमाणित भएमा उनले अधिकतम २५ वर्षको जेल सजाय भोग्नुपर्ने थियो।

सबै भन्दा पहिले २०११ को सेप्टेम्बरमा हद्दाद पक्राउ परेका थिए। अनुसन्धानका क्रममा चीनबाट तीनवटा कन्टेनरमा आयात गरिएको कपाल र सरसफाईका सामानको लेबल लगाइएको कन्टेनरमा सेफ्रोल फेला परेको थियो।

उनी कोरोना भाइरसको महामारीको समयमा न्यु साउथ वेल्सको साउथ कोस्टमा लुकेर २०२२ को जुनमा भागेको बताइएको छ। एएफपी सहायक आयुक्त अपराध निगेल रायनले टर्की अधिकारीहरूले हद्दादलाई निर्वासन गर्ने स्वतन्त्र निर्णयको स्वागत गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?