बद्री पाण्डेलाई २९ सय ५५ मतको अग्रता


मंसिर १७, काठमाडौँ । सत्ता गठबन्धनबाट बाजुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बद्री पाण्डेले निरन्तर अग्रता कायम गरिरहेका छन्।

जिल्ला निर्वाचन कार्यालयको पछिल्लो अपडेटअनुसार कांग्रेसका उम्मेदवार पाण्डेले १५ हजार नौ सय ६० मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका कर्ण थापाले १३ हजार पाँच मत पाएका छन्।

उनीहरूको मतान्तर २९ सय ५५ पुगेको छ। ४ मंसिरको निर्वाचनमा विवाद भए पछि यहाँका केही मतदान केन्द्रमा पुनस् मतदान भएको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?