इराकमा भएको आत्मघाती आक्रमणमा सात जनाको मृत्यु
इराकको बग्दादमा भएको आत्मघाती आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । आक्रमणमा परी अन्य १५ जना घाइते भएका छन् ।
बग्दादको बाब अल सर्जी क्षेत्रमा आत्मघाती आक्रमणकारीले विस्फोटन गराएको सुरक्षा अधिकारीहरुले बताएका छन् । आक्रमणमा सो क्षेत्रमा भइरहेको निर्माणसम्बन्धी कार्यका मजदुर परेको अनुमान प्रहरीले गरेको छ ।
आक्रमणमा घाइते भएकामध्ये केहीको अवस्था चिन्ताजनक रहेकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ । आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन ।