सिड्नीमा एकदिवसीय बास्केटबल प्रतियोगिता, पहिलो पटक महिला टोलीको पनि प्रतिस्पर्धा


nayaनेपाली अष्ट्रेलियन युथ एशोसिएसन नयाको आयोजनामा आइतबार सिड्नीमा एकदिवसीय बास्केटबल प्रतियोगिता हुने भएको छ । हरेक वर्ष आयोजना गरिने यस प्रतयोगिताको यस संस्करणमा ८ वटा टिम सहभागी छन् भने पहिलो पटक महिला बास्केटबल प्रतियोगिता पनि आइतबार नै हुने भएको छ । स्थानीय पीसीवाईसी क्लब मेरिकभिलमा आयोजना हुने प्रतियोगितामा म्याग्दी गल्र्स र बेनी गल्र्सबीच खेल हुने भएको छ भने पुरुषतर्फ बिज बजर्स, ओएसीस वारियर्स, थकाली सेवा समाज, क्लब काठमाडौं, नया ए र नया बी गरी ६ टिमको प्रतिस्पर्धा हुन लागेको हो । नेपाली युवाहरुमा अनुशासन, स्वास्थ्य र एकआपसमा सदभाव अभिबृद्धिका लागि प्रतियोगिता आयोजना गर्दै आएको नयाले यस किसिमका गतिविधिलाई निरन्तरता दिने जनाएको छ । यस प्रतियोगिताका संयोजक सुमन बोहराले सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै नेपाली समूदायको सक्रिय उपस्थितिको अपेक्षा आफुहरुले गरेको बताए । विहान ८ बजेदेखि नै विभिन्न प्रतियोगिता सुरु हुनेछन् । हामीले यस पटक महिला टिमलाई दर्ताशुल्क लिएका छैनौं । हामी बास्केटबलमा सबैलाई प्रोत्साहित गर्न चाहन्छौं, बोहराको भनाई छ । खेलमा विजेता टिमलाई नगद पुरस्कार शिल्ड प्रदान गरिनेछ भने विभिन्न विधामा पनि पुरस्कार दिने व्यवस्था गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?