विश्वको दोस्रो धनी व्यक्ति भए एलन मस्क !
मंसिर २२, काठमाडौँ । ट्विटरका मालिक एलन मस्क केही क्षणका लागि संसारका दोश्रो धनीमा खस्किएका छन्। फोर्ब्सको रिपोर्ट अनुसार उनलाई फ्रेन्च लक्जरी ब्राण्डका मालिक बर्नार्ड आर्नल्टले केही क्षणमा लागि दोश्रो स्थानमा झारिदिएका हुन्।
मस्कको सम्पत्ति केही बेरका लागि २७५.१७ बिलियन अष्ट्रेलियन डलर कायम भएको थियो। त्यस्तै, आर्नल्टको भने २७५.३२ बिलियन डलर रहेको थियो।
आर्नल्ट एलभिएमच कम्पनीका मालिक हुन्। यो कम्पनी चर्चित फेसन ब्रान्ड लुइ भिटनको मातृ कम्पनी हो।
एलन मस्को सम्पत्ति उनले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद गरेपछि केही तलमाथि भइरहेको छ। त्यस्तै, विद्युतीय कार निर्माता कम्पनी टेस्लाको शेयरमा पनि गिरावट आएपछि उनी केही चिन्तित देखिएका छन्।
गत वर्षको सेप्टेम्बरमा अमेजनका मालिक जेफ बेसोजलाई पछि पार्दै एलन मस्क संसारकै सबैभन्दा धनी व्यक्ति भएका थिए। यो एक वर्षमा उनले शीर्ष स्थानमा एकलाैटी राज गरिरहेका छन्।
गत वर्षको नोभेम्बरमा उनको कूल सम्पत्ति ४७५.२ बिलियन अष्ट्रेलियन डलर कायम भएको थियो।