ब्राजिल विश्वकपबाट बाहिरियो, क्रोएसिया लगातार दोश्रो पटक सेमिफाइनलमा
मंसिर २३, एजेन्सी। पाँच पटकको विश्व विजेता ब्राजिल कतार विश्वकपबाट बाहिरिएको छ। शुक्रबार भएको खेलमा पूर्व उपविजेता क्रोएसियासँग पेनाल्टी सुट आउटमा पराजित हुँदै ब्राजिल बाहिरिएको हो।
निर्धारित समयमा दुबै टोलीबाट गोल हुन नसक्दा खेल अतिरिन्त समयमा धकेलिएको थियो। उक्त समयको पहिलो हाफमा नेयमारको गोल मार्फत अग्रता लिएको थियो।
तर, खेलको ११७ औं मिनेटमा क्रोएसियाका ब्रुनो पेट्कोभिचले बराबरी गोल गरेपछि खेल पेनाल्टीमा धकेलिएको थियो।
ब्राजिलका मार्किन्होस र रोड्रिगोले पेनाल्टीमा गोल गर्न नसक्दा ब्राजिल विश्वकपको क्वाटरफाइनलबाट नै बाहिरियो।
त्यस्तै, क्रोएसिया भने लगातार दोश्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ।