सहमतिबाट होइन, प्रक्रियाबाट नै संविधान बन्छ : मन्त्री निधि


भौतिक, योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिले तोकिएको समयमा संविधान जारी गर्न गाह्रो भए पनि असम्भव भने नभएको बताउनुभएको छ । नेपाली काँग्रेसका पुराना नेता काशीलाल चौधरीको शवमा अन्तिम श्रद्धाञ्जलि दिन बिर्तामोड आउनुभएका मन्त्री निधिले बिर्तासिटी अस्पतालको अवलोकनपछि कार्यकर्तासँगको भेटमा अब पनि संविधानसभाको चुनाव हुन सक्दैन भन्नुहुँदै अहिलेकै संविधानसभाबाट संविधान निर्माण हुनेमा सबैलाई ढुक्क हुन अनुरोध गर्नुभयो । मन्त्री निधिले सबै दलहरूबीच सहमति भएपछि सम्झौता र अन्तिममा त्यसलाई पूर्णरुप दिन संविधानसभाको प्रक्रियाभित्र छिर्नै पर्ने भएकाले प्रक्रियाभित्र छिर्नेबित्तिकै संविधान निर्माण नहुने हो कि भन्ने आशङ्का गर्नु नहुने पनि प्रष्ट्याउनुभयो । उहाँले संविधानसभाभित्रका सबै दलको सबै विषयमा पूर्ण सहमति असम्भव भएको र कहीँ पनि पूर्ण सहमतिमा संविधान नबनेको बताउँदै अधिकतम् सहमतिको प्रयास भइरहेको छ, बहुमतमा संविधान बन्नेमा कुनै सन्देश छैन भन्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?