हिन्दू–कुश क्षेत्रमा शक्तिशाली भूकम्प, काठमाडौंमा समेत धक्का महसुस
हिन्दू–कुश क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको थियो ।
अफगानिस्थान र ताजिकिस्तान सीमाको हिन्दू–कुश पहाड केन्द्रविन्दु भएर ४ बजेर १३ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले काबुल, इस्लामावाद, लाहोर, दिल्लीमा कडा धक्का दिएको थियो ।
सन् २०१५ अक्टोबरमा त्यही क्षेत्रमा गएको ७ दशमलव रेक्टर स्केलको भूकम्पमा कम्तिमा २६० जनाको मृत्यु भएको थियो ।