खाजा घरभित्र दिउँसै यौनधन्दा सञ्चालन हुने गरेको खुलासा, सात पक्राउ
खाजा घरको नाममा यौन धन्दा सञ्चालन गरिरहेको अवस्थामा प्रहरीले काठमाडौंको सो-हखुट्टेबाट सात जना पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सो-हखुट्टेले सोमबार दिउँसो छापा मारी यौन सम्पर्क गर्दै गरेको अवस्थामा दुई जनासहित सात जनालाई पक्राउ गरेको हो ।
सो-हखुट्टेको भ्याली कोल्ड स्टोर नजिकैको खाजा घरको भित्रपट्टीको कोठामा यौन धन्दा चलाइरहेको अवस्थामा सञ्चालक रञ्जु कार्कीसहितलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा योना मोक्तान, आयुषा सुनार, डोल्मा लामा नामका युवती रहेका छन् । त्यसैगरी रामप्रसाद चौलागाईं, इन्द्र मोक्तान र दिनेश केसीलाई पनि प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।