यस वर्षको जीएनसी कप फुटबलको उपाधि ग्रानभिल राइनोलाई, माछापुच्छ्रे दोश्रोमै चित्त बुझाउन बाध्य


– वीरेन्द्र श्रेष्ठ (सिड्नी)
गोर्खा नेप्लीज कम्युनिटीले आयोजना गरेको जीएनसी कप फुटबलको उपाधि ग्रानभिल राईनो फुटबल क्लबले जितेको छ । राउण्ड रोविन लिगका आधारमा लेखाइएको खेलको फाईनल भिडन्त आइतबार सिड्नीको चिपिंग नोर्टनमा सम्पन्न भएको थियो । यस प्रतियोगितामा १० टिमले भाग लिएका थिए । granvillयसका खेलहरु करिब ६ महिनासम्म सञ्चालन भएका थिए । यसअघिको डिफेन्डिंग च्याम्पियन माछापुच्छ्रे क्लबले आफ्नै गल्तीका कारण दोश्रो स्थानमा चित्त बुझाउनु पर्यो । फाईनल खेलको अन्तिम समयमा माछापुच्छ्रे क्लबका खेलाडीले गरेको फलमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेपछि ग्रानभिल राइनोले अग्रता लिएको थियो । IMG_0200यही गोल नै निर्णायक बन्न पुग्यो र ग्रानभिल राईनोले यस वर्षको जीएनसी कप आफ्नो कब्जामा पार्न सफल भयो । IMG_0222
गत नोभेम्बरमा सुरु भएको जीएनसी कपको फाईनल खेल हेर्नका लागि नेपाली समूदायका सदस्यहरुका साथै स्थानीय लिभरपुल काउन्सिलका मेयर गुस बालोड पनि उपस्थित थिए । खेलपछि आयोजना गरिएको पुरस्कार वितरण समारोहमा उनले ट्रफी ग्रानभिल राईनोजलाई हस्तान्तरण गरे । यसैगरी प्रतियोगिताको फष्र्ट रनर अप बनेको माछापुच्छ्रे क्लब र तेश्रो बन्न सफल सेन्ट जर्ज नेपाली क्लबलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार वितरण समारोहमा बोल्दै गोर्खा नेप्लीज कम्युनिटी क्लबका अध्यक्ष टंक गुरुंगले २० वर्ष अगाडि सुरु भएको संस्थाले यसक्रममा विभिन्न आरोह अवरोह पार गरेको चर्चा गर्दै १७ औं फुटबल लिग सम्पन्न गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । समारोहमा नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी एवं प्रतियोगिताका म्याच कमिश्नर राजु मानन्धरलाई सम्मान गरिएको थियो । साथै लिगको अवधिभर सहयोग गर्ने स्वयंसेवकहरु, प्रायोजक लगायतलाई अध्यक्ष टंक गुरुंगले धन्यवाद दिएका थिए । IMG_0120
यसैगरी जीएनसी कपको फाईनलका दिन ३५ वर्षमाथिको भेट्रान टिमको समेत फाईनल प्रतिस्पर्धा भएको थियो । जसमा हिमालय युथ क्लबले उपाधि जित्न सफल भयो । यस्तै १२ वर्षभन्दा मुनीका किशोरहरुको खेलले सबैलाई अकर्षित गरेको थियो ।IMG_0124 दुई टिम सहभागी यो प्रतिस्पर्धामा सेन्ट जर्ज नेपाली क्लब जुनियरले ग्रानभिल जुनियर टिमलाई ९ गोलअन्तरले पराजित गरेको थियो । साना बालबालिकामा समेत खेलप्रति रुचि जगाउने उद्देश्यले यस किसिमको प्रतिस्पर्धा गराइएको जीएनसीका अध्यक्ष गुरुंगले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?