यमनमा युद्धविराम


yaman-peace-talkसंयुक्त राष्ट्रसंघको सहयोगमा यमनमा सोमबारबाट युद्धविराम भएको छ ।

युद्धविरामलाई सरकार र संघर्षरत पक्षहरुले समर्थन गर्ने जनाएका छन् । साउदी नेतृत्वको गठबन्धनको समर्थन रहेको वर्तमान यमनी सरकारले सोमबारबाट शुरु भएको युद्धविरामलाई समर्थन गर्ने बताएको छ ।

सरकार हटाउन संघर्षरत इरानी सहयोग रहेको हुथी विद्रोहीले पनि युद्धविरामको सम्मान गर्ने जनाएको छ । युद्धविराम शुरु हुनुअघिको संघर्षमा हिजो मात्र २० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

यमनमा एक वर्ष भन्दा बढी समयदेखिको संघर्षका कारण ६ हजार मानिस मारिइसकेका छन् भने २० लाख मानिस विस्थापित भएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?