झारफुकको बाहानामा २७ वर्षीया किशोरीलाई धामीले गरे बलात्कार


मंसिर २८, कपिलवस्तु । झारफूक गर्ने भन्दै एक धामीले महिलालाई बलात्कार गरेका छन्। मंसिर २० गते २७ वर्षीय एक युवतीलाई झारफुकको बहानामा वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजनले जवरजस्ती करणी गरी फरार रहेका थिए।

पिडित युवतीको जाहेरीपछि फरार रहेका हरिजनलाई प्रहरीले मंसिर २७ गते पक्राउ गरेको हो। बिरामी रहेकी ती युवतीलाई हरिजनले रातको समयमा झारफुक गरे ठिक हुने भन्दै जवरजस्तीकरणी गरेको पिडित युवतीले बताएकी छन्।

पक्राउ परेका हरिजनले यसअघि पनि यस प्रकारको अपराधिक कार्य गरेको हुन सक्ने भन्ने सूचनाको आधारमा थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?