अष्ट्रेलियाबाट बाली गएकी २५ वर्षीया विद्यार्थीको बाथरूममा लडेर मृत्यु
मंसिर २९, मेलबर्न अष्ट्रेलिया । बालीमा अष्ट्रेलियन विद्यार्थीको मृत्यु भएको छ। बाथरूममा पाँच दिन पहिले नै मृत्यु भएको अवस्थामा २५ वर्षीया विद्यार्थीको शव फेला परेको हो।
पर्थका नियाम फिनेरन लोडरको डिसेम्बरको सुरुमा इन्डोनेसियाको टापुमा मृत्यु भएको छ। उनी त्यहाँ दाँतको उपचार गर्न गएको बताइएको छ।
वेस्ट अष्ट्रेलियाको रिपोर्ट अनुसार द स्पेक्टेटरका लेखक र वर्षीय मास्टर तहकी विद्यार्थीको शव उनको मृत्युको पाँच दिन पछि मात्र अस्पतालमा ल्याइएको थियो।
बालीका अधिकारीहरूले २ हप्ता लगाएर गरिएको पोस्ट मार्टमबाट उनको शरीरमा कुनै चोटपटक नदेखिएको बताएका छन्। युनिभर्सिटी अफ वेस्टर्न अष्ट्रेलियामा स्नातकोत्तर तह अध्ययन गरिरहेकी विद्यार्थीको परिवार उनको शव बुझ्नका लागि बालीमा पुगेको छ।
जलवायु परिवर्तन सम्बन्धि विषयमा उनले पछिल्लो पटक विचार प्रकाशित गरेकी थिइन्।