हराएको ७ वर्षपछि कुकुर र मालिकको पुनर्मिलन
पुस १, एजेन्सी । छुट्टिएको ७ वर्षपछि कुकुर र मालिकको पुनर्मिलन भएको छ। अमेरिकाको फ्लोरिडास्थित फ्लोरिडा पशु आश्रयले दिएको जानकारी अनुसार ७ वर्षअघि भागेको कुकुरले मालिक भेट्टाएको हो। उक्त पोथी कुकुर टेक्सासमा रहेको मालिकको घरभन्दा १ हजार २८० किलोमिटर टाढा फेला परेको थियो।
ज्याजीलाई फ्लोरिडाको एउटा होटेलमा पछाडि छोडिएको थियो। ओरेन्ज काउन्टी एनिमल सर्भिसेजले पत्ता लगाएपछि मात्रै ज्याजी हिड्न सक्ने भएको थियो। उक्त संघले घाइते अवस्थामा कुकुर फेला पारेको थियो।
ज्याजीको माइक्रोचिप स्क्यान गरेर उनको टेक्सास मालिकहरूलाई ट्र्याक गरेपछि ओर्लान्डो पशु आश्रय छक्क परेको थियो।
‘हामी केही वर्षदेखि अलग परिवार र घरपालुवा जनावरलाई पुनर्मिलन गराउन सफल भएका छाैँ।’ ओरेन्ज काउन्टी एनिमल सर्भिसका सार्वजनिक सूचना अधिकारी ब्रायन्ट अल्मेडाले बीबीसीलाई भने। ‘कुकुरको लागि सात वर्ष व्यावहारिक रूपमा जीवनकाल हो। तर, उसको परिवारसँग पुनर्मिलन भएको छ।’
ओरेन्ज काउन्टी एनिमल सर्भिसले फेसबुक पोस्टमा ज्याजीको बारेमा लेखेर खबर गरेपछि मालिक पनि अचम्मित भएका थिए। पाँच वर्षको हुँदा सात वर्षअघि ज्याजी पटाकाहरूका कारण डराएको आश्रयलाई मालिकहरूले बताएका थिए। परिवारले लामो समयसम्म ज्याजीको खोजी गरिरहेका थिए।
कुकुर भेटिएको खबर सुनेपछि ज्याजीका मालिक केरी केही दिनपछि टेक्सासबाट फ्लोरिडाको विमानमा आफ्नो प्यारो साथीसँग पुनर्मिलन गर्न पुगेका छन्। ज्याजीको परिवार र फ्लोरिडा पशु आश्रयलाई कुकुर ओर्लान्डोमा बसेको थियो र त्यहाँ उसको जीवन कस्तो थियो भन्नेबारे अनभिज्ञ रहेका छन्।
उक्त कुकुर अहिले घाइते अवस्थामा रहेको र निरन्तर उपचारका कारण स्वस्थ हुँदै गएको आश्रयले जानकारी दिएको छ।