आफ्नै १४ महिनाकी छोरीको हत्याको आरोपमा पक्राउ परिन् सोमिना निकात
मेलबर्नमा एक २२ वर्षीय आमालाई आफ्नै १४ महिनाकी छोरीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । उनलाई अदालतमा प्रस्तुत गर्नुअघि लिइएको बयानका आधारमा उनीमाथि यस्तो आरोप लगाइएको हो । २२ वर्षीय सोमिना निकातले आफ्नो १४ महिनाकी छोरीलाई अज्ञात व्यक्तिले अपहरण गरेको बताएकी थिइन् । मंगलबार विहान उनलाई मन्ट अल्बर्टबाट उनलाई पक्राउ गरेपछि भएको सुनवाईमा उनले केही पनि बोलेकी छैनन् । पश्चिमी हेइडलबर्गको ओलम्पिक पार्कमा एक अज्ञात व्यक्तिले आफ्नो छोरीलाई अपहरण गरेको उनले प्रहरीलाई बताएपनि छोरीको शव डारेविन क्रिकमा आइतबार भेटिएको थियो । निकै जटिल मानिएको यो घटनामा तथ्यसम्म पुग्न सफल भएकोमा प्रहरी कमिश्नर ग्राहम एस्टनले यसमा संलग्न अधिकारीहरुको प्रशंसा गरेका छन् । यस घटनाका बारेमा थप अनुसन्धान भइरहेका कारण केही पछि मात्रै अन्य कुराहरु खुल्ने अपेक्षा गरिएको छ । उनले आफ्नै छोरीको हत्या किन र कसरी गरिन् यतिबेला मेलबर्नबासीहरु अचम्मित भएका छन् । सेभेन न्यूजमा देखाइएको दृश्य अनुसार सोमिनाले आफ्नी छोरीलाई ओलम्पिक पार्कतर्फ लिएर गएको देख्न सकिन्छ । तर, उनी त्यसको केही मिनेटपछि नै छोरीविना नै आनन्दपूर्वक फर्किएकी छिन् । आफ्नो छोरी गुमाएपछिको उनको मनस्थिति त्यस्तो कुनै देखिँदैन । तर, घर फर्किने बित्तिकै उनले आफ्नो छोरीलाई एक अज्ञात व्यक्तिले अपहरण गरेको दाबी गरेकी थिइन् ।