७ वर्ष अघि एक फ्यानले गरेको भविष्यवाणी जुन हिजो सत्य साबित भयो!
पुस ४, काठमाडौँ । फिफा विश्वकप २०२२ को उपाधि लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले जितेको छ। आइतबार राती कतारको लुसेल रंगशालामा भएको रोमाञ्जक खेलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन भयो।
निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा पुगेको थियो। अर्जेन्टिनाका लागि पहिलो हाफमा नै कप्तान मेसी र एंगल डिमारियाले गोल गरेका थिए।
तर, दोश्रो हाफको अन्तिमतिरको समयमा केलियन एमबाप्पेले ९७ सेकेन्डको अन्तरमा २ गोल गर्दै फ्रान्सलाई खेलमा फर्काए।
त्यस्तै, अतिरिक्त समयमा मेसीले गोल गर्दा अर्जेन्टिना ३–२ गोलको अन्तर सहित विश्वकपको उपाधि नजिक पुगेको थियो। तर, ११८ मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दा उपाधिको छिनोफानो भएको थियो। जसमा अर्जेन्टिना भाग्यमानि साबित भयो।
विश्वकप २०२२ सुरू हुनुभन्दा केही महिनाअघि अर्जेन्टिनाले विश्वकपको उपाधि जित्ने अनुमान तथा भविष्यबाणी गरिएको थियो। इएस्पोर्टसले समेत यहि अनुमान गरेको थियो। जुन आइतबार राती सत्य सावित पनि भयो।
तर, अहिले भने सामाजिक सञ्जालमा ७ वर्षअघि अर्जेन्टिनाले विश्वकपको उपाधि जित्नेछ भनेर गरिएको भविष्यवाणी भाइरल भइरहेको छ। एक फ्यानले २०१५ मार्च २० मा जोसे मिग्युल पोलन्कोले २०२२ मा मेसीको कप्तानीमा अर्जेन्टिनाले विश्वकप जित्ने भन्दै ट्वीट गरेका थिए।
उनले ७ वर्षअघि २०२२ को डिसेम्बर १८ तारिखमा मेसी विश्वकपको उपाधि जित्दै महान खेलाडी बन्ने दाबी गरेका थिए। जुन हिजो राती सत्य सावित भएको छ।