जलगैँडाले निलेका २ वर्षीय बालक जिवितै निस्किए
पुस ५, एजेन्सी । जलगैँडाले निलेको बालक सकुशल बाहिर निस्किएका छन्। युगान्डामा जलगैँडाले आधा शरिर निलेको २ वर्षीय बालकको जिवितै उद्धार गरिएको हो।
डिसेम्बर ४ मा स्थानीय समय अनुसार दिउँसो ३ बजे देशको दक्षिणपश्चिममा पर्ने कट्वे-काबातोरो जिल्लामा उक्त बालकमाथि आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ। ति बालक काट्वे तालको रुवेन्जुबु सेलमा रहेको आफ्नो घरमा खेलिरहेका थिए।
‘हिप्पोलाई ढुङ्गाले हानेर डराएपछि पीडितलाई बचाउन नजिकै रहेका क्रिसपास बागोन्जाको बहादुरी लियो। जसले गर्दा पीडितको मुखबाट उसलाई निकालियो।’ सरकारी विज्ञप्तीमा भनिएको छ।
एक हातमा चोट लागेको बालकलाई नजिकैको क्लिनिकमा लगिएको थियो र पछि थप उपचारको लागि पश्चिम युगान्डाको बवेरा अस्पतालमा सारिएको थियो।
बालक पूर्ण निको भएर अहिले डिस्चार्ज भएको प्रहरीले जनाएको छ । उनले रेबिजको खोप पनि लगाएको र अभिभावको जिम्मा लगाइएको बताइएको छ।