म्यानमारमा शक्तिशाली भूकम्प, पूर्वी नेपालसहित काठमाडौंसमेत हल्लियो !


Burma Bhukampa

म्यानमार र भारतको सीमानजिक बुधबार साँझ शक्तिशाली भूकम्प गएको छ ।

बुधबार साँझ ७ बजेर ४० मिनेटमा ७ रेक्टर स्केलको भूकम्प महसुस गरिएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । म्यानमारमा गएको शक्तिशाली भूकम्पको धक्का काठमाडौंसहित पूर्वी क्षेत्रमा महसुस गरिएको थियो । भूकम्पले निकै बेल हल्लाएपछि काठमाडौं तथा पूर्वी क्षेत्रका मानिस घरबाहिर निस्किएका थिए ।

भूगर्भसम्बन्धी अध्ययन गर्ने अमेरिकी संस्था युएसजीएले ६ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । समाचार संस्था रोयटर्सले भूकम्पलाई ७ रेक्टर स्केलको भएको जनाएको छ भने अर्को संस्था एपीले जर्मन अध्ययन संस्थानलाई उदृत गर्दै धक्का ७ दमलव १ रेक्टर स्केलको भएको जनाएको छ ।

यसअघि हिन्दु–कुश क्षेत्रमा तीन दिनअघि ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?