मोटरसाइकल दुर्घटनामा परी सिड्नीमा नेपाली विद्यार्थीको मृत्यु


पुस १३, मेलबर्न अष्ट्रेलिया । सिड्नीमा मोटरसाइकल दुर्घटनामा परी एक नेपाली विद्यार्थीको मृत्यु भएको छ।

एनआरएन न्यु साउथ वेल्सले दिएको प्रारम्भिक जानकारी अनुसार मृत्यु हुनेमा भक्तपुरको ठिमी घर भएका श्रेष्ठ थरका २१ वर्षीय युवक रहेका छन्। उनको थप परिचय खुल्न बाँकी रहेको छ।

न्यु साउथ वेल्स प्रहरीले जारी गरेको विज्ञप्तीमा पश्चिम सिड्नीको हबरफिल्डमा दुर्घटना भएको भन्दै आपत्तकालिन सेवामा सम्पर्क र अनुसन्धानमा सहयोग गर्न अनुरोध गरेको छ।

प्रहरीले जारी गरेको विज्ञप्तीमा दुर्घटनामा परेका युवकको घटनास्थलमा नै मृत्यु भएको उल्लेख गरेको छ। उनी घर फर्किने क्रममा दुर्घटनामा परेको र मृत्यु भएको अनुमान गरिएको छ।

उनी ३ वर्षअघि अष्ट्रेलिया पुगेको र भर्खरै सवारी चालक अनुमति पत्र लिएको समेत खुलेको छ। गत साता पनि मोटरसाइकल दुर्घटनामा परी एक नेपाली विद्यार्थी घाइते भएका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?