महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर


पुस १३, कामठाडौँ । ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। ८२ वर्षीय पूर्वखेलाडी यहाँस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेका स्पेनी प्रकाशन एल स्पानोलले जनाएको छ।

“पेले अझै अस्पतालमा छन्, डर बढ्दै गएको छ,” एल स्पानोलले उनको पछिल्लो स्वास्थ्यस्थि अद्यावधिक गर्दै लेखेको छ।

चिकित्सकहरूले गत हप्ताको प्रारम्भमा तीन पटक विश्वकप विजेता पेलेको क्यान्सर बढेको तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित भएका र उच्च रेखदेखमा रहेका बताएको थियो।

त्यसपछि उनको स्वास्थ्यस्थितिबारे अस्पतालले केही बताएको छैन।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?