गुपचुप अष्ट्रेलिया आइपुगे नोभाक जोकोभिच


पुस १४, मेलबर्न अष्ट्रेलिया । टेनिस सुपरस्टार नोभाक जोकोभिच अष्ट्रेलिया आइपुगेका छन्। कोरोना भाइरस विरूद्धको खोप नलगाएका कारण स्वदेश फर्काइएको एक वर्षपछि जोकोभिच अष्ट्रेलिया आइपुगेका हुन्।

९ पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका जोकोभिज समर सिजनमा हुने प्रतियोगिताको तयारीका लागि बुधबार रात एडिलेड एयरपोर्टमा अवतरण गरेका छन्।

पूर्व विश्व नम्बर १ जोकोभिच पछिल्लो वर्षको भन्दा विपरित मिडिया, फोटोग्राफर, प्रशंसक वा प्रदर्शनकारीहरू बिना आइपुगेका थिए। उनी सकेसम्म समर्थकहरूबाट बच्न खोजेको बताइएको छ।

यसैबीच, अष्ट्रेलियाका टेनिस स्टार निक किर्गियोसले जोकोभिचसँग सम्भावित डबल्स खेल्ने बारे सामाजिक सञ्जालमा आफ्नो खुशी व्यक्त गरेका छन्।

गत जनवरीमा जोकोभिचलाई सुरुमा तीन वर्षको लागि अष्ट्रेलिया प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो। उनले कोरोना भाइरस विरूद्धको खोप नलगाएका कारण उनले भिसा तत्काल रद्द गरिएको थियो। कार्लोस अल्काराजले जितेको यूएस ओपन प्रतियोगिताम समेत जोकोभिच प्रतिबन्धित भएका थिए। उनले निरन्तर रूपमा कोरोना भ्याक्सिनको विरूद्ध लागिरहेका थिए।

अष्ट्रेलिया सरकारले गत नोभेम्बरबाट आगन्तुकहरूलाई कोरोना भाइरस विरूद्धको खोप लगाएको प्रमाण अनिवार्य देखाउनु पर्ने प्रावधान खारेज गरेको छ। यससँगै अर्को महिनाबाट सुरू हुने अष्ट्रेलियन ओपन खेल्नका लागि जोकोभिचले पनि भिसा पाएका छन्।

वर्तमान विश्व नम्बर ५ जोकोभिचले अष्ट्रेलियामा खेल्दा आफूलाई रमाइलो लागेको र आगामी वर्षको प्रतिक्षामा रहेको बताएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?