जेलिफिसले टोकेपछि क्विन्सल्याण्डमा चार बालक अस्पताल भर्ना


पुस १४, काठमाडौँ । बच्चालाई घातक जेलीफिसले टोकेपछि क्विन्सल्याण्डको अस्पतालमा भर्ना गरिएको छ। पछिल्लो पटक जेलिफिसले टोकेर चाैथो बालक अस्पताल भर्न भएका हुन्।

मंगलबार तीन साना बच्चाहरूलाई जेलिफिसले टोकेको रिपोर्ट गरिएकपछि एक हेलिकप्टरमार्फत हार्बी बे अस्पताल पुर्याइएको थियो।

एक दिन पछि अर्थात् बुधबार उही टोलीले केगारी (फ्रेजर टापु) मा एक युवकलाई इरुकान्डजी टापुको पश्चिमी तर्फको खाडीमा पौडी खेल्दा उनको खुट्टामा जेलिफिसले टोकेको रिपोर्ट गरिएको थियो।

बुधबार दिउँसो २.३० बजे उद्धार हेलिकप्टर बोलाइएको थियो। पाइलटले विमानलाई युवक र अन्य पर्यटक भएको ठाउँ नजिकैको समुद्र तटमा अवतरण गर्न सफल भए।

त्यसपछि उनलाई स्थिर अवस्थामा आमासँग हार्भी बे अस्पताल लगिएको थियो। २० वर्षभन्दा बढी समयदेखि विषालु र खतरनाक जनावरहरूसँग काम गरिसकेका जेम्स कुक युनिभर्सिटीका प्रोफेसर जेमी सेमोरले यस विषयमा थप अनुन्धान हुनुपर्ने बताएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?