जनवरी १ देखि भारत भ्रमण गर्दा चीनसहित ६ देशले पालना गर्नुपर्नेछ यो नियम


पुस १६, एजेन्सी। जनवरी १ देखि, चीन र अन्य पाँच देशहरूबाट भारत जाने यात्रुहरूले उनीहरूको आगमन अघि कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्नेछ। चीन, हङकङ, जापान, दक्षिण कोरिया, सिङ्गापुर र थाइल्याण्डबाट आउने यात्रुले प्रस्थान गर्नुअघि आफ्नो रिपोर्ट एयर सुविधा पोर्टलमा पठाउनुपर्ने स्वास्थ्यमन्त्री मनसुख मण्डवीयले बताए।

‘१ जनवरी २०२३ देखि चीन, हङकङ, जापान, दक्षिण कोरिया, सिंगापुर र थाइल्याण्डबाट आउने यात्रुहरूका लागि आरटी–पीसीआर परीक्षण अनिवार्य गरिएको छ। उनीहरूले यात्रा गर्नुअघि आफ्नो रिपोर्ट एयर सुविधा पोर्टलमा अपलोड गर्नुपर्नेछ’, मन्त्री मण्डावियाले एक ट्वीटमा भने।

परीक्षण भरतमा यात्रा सुरु गरेको ७२ घन्टाभित्रको हुनुपर्छ। चीनमा कोभिड संक्रमणका घटनाहरु ब्ढिरहेका बेला भारतले पछिल्लो कदम चालेको हो। नयाँ कोभिड भेरियन्ट बीएफ७का कारण संक्रमणमा बृद्धि भएको विज्ञहरुको भनाई छ।

संक्रमणका कारण चीनका अस्पतालहरू बिरामीले भरिएका छन्। एकै दिन एउटा सहरमा लाखौँ संक्रमित भेटिएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?