कराँतेमा नेपाललाई १० स्वर्ण पदक


अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा नेपाल १६ स्वर्ण, १२ रजत तथा १६ कास्यपदका साथ टिम च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको सो प्रतियोगितामा नेपालले करातेतर्फ १० स्वर्ण, आठ रजत तथा दुई कास्य तथा किक बक्सिङतर्फ छ स्वर्ण, चार रजत तथा १४ कास्यपदक हात पारेको हो । त्यस्तै भारतले करातेतर्फ एक स्वर्ण, दुई रजत तथा २० कास्यपदक तथा किक बक्सिङतर्फ छ स्वर्ण, आठ रजत तथा १० कास्यपदक प्राप्त ग¥यो । नेपाल किक बक्सिङ एसोसियसनले आयोजना गरेको उक्त प्रतियोगिताको उत्कृष्ट फाइटर नेपालका दिवान श्रेष्ठ तथा भारतका सौरभ गौतम घोषित भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले पुस्कार प्रदान गर्नुभयो । दुइदिने उक्त प्रतियोगितामा नेपाल र भारत गरी २१५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?