इरानमा दुई प्रदर्शनकारीलाई मृत्युदण्ड
पुस २३, एजेन्सी । इरानले एक युवतीको हिरासतमा मृत्यु भएको विरोध प्रदर्शनका क्रममा अर्धसैनिक बलका एक सदस्यको हत्या गरेको अभियोगमा दोषी ठहरिएपछि शनिबार दुई जनालाई मृत्युदण्ड दिएको न्यायपालिकाले जनाएको छ।
डिसेम्बरमा दुई पुरुषलाई मृत्युदण्ड दिइएको थियो, जसले विश्वव्यापी आक्रोश फैलाएको थियो । हिजाब विरोधी प्रदर्शनमा सहभागी भएकालाई पक्राउ गरी सरकारले विभिन्न मुद्दा दायर गरेको छ। प्रदर्शनका क्रममा कम्तीमा चार सय जनाको मृत्यु भएको छ । सयौँ पक्राउ परेका छन्।