तनहुँमा खुकुरी प्रहार गरी एक जनाको हत्या
माघ २, तनहुँ । धारिलो हतियार प्रयोग गरी भानु नगरपालिकाको एक व्यक्तिको हत्या भएको छ। व्यास नगरपालिका वडा नं.८ रिस्ती बस्ने वर्ष २४ को आशिष परियारले सोमबार बिहान ११ः३५ हत्या गरेका हुन्।
भानु नगरपालिका–६ टुहुरे पसलस्थित डुम्रे–चन्द्रवती भित्री सडक खण्डमा सोही ठाउँमा बस्ने वर्ष ४९ को सन्तबहादुर गुरुङलाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको, घटनामा संलग्न परियारलाई हतियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिए।