माइक्रोसफ्टले ५ प्रतिशत कर्मचारी कटौती गर्ने
माघ ५, वासिंगटन । माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई कामबाट हटाउने भएको छ।
सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब ११ हजार कर्मचारी कटौती गर्ने भएको हो। कटौतीबाट मानव संशाधन र इञ्जिनियरिङ शाखामा कार्यरत कर्मचारी प्रभावित हुनेछन्।
पछिल्लो समयमा ट्वीटर, अमेजन, गुगल, माइक्रोसफ्टले धमाधम कर्मचारी कटौती गरेका छन्। अधिकांश कम्पनीले कटौती हुनुमा कम्पनीको घाटालाई उल्लेख गरेका छन्।