बेलायतका नर्स हडतालमा


माघ ५, एजेन्सी । तलबको विषयलाई लिएर बेलायतका नर्सहरूले हडताल सुरु गरेका छन्। मूल्यवृद्धिको आधारमा तलब बृद्धिको माग गर्दै नर्सहरुले बुधबारदेखि हड्ताल सुरु गरेका हुन्। नर्सको हड्तालका कारण स्वास्थ्य सेवा प्रभावित भएका छन्।

नर्सहरुको संस्था नर्सिङ युनियनले सरकारले चालू आर्थिक वर्षका लागि आफ्नो तलब सम्झौता सुधारमा पहल नगरेको आरोप लगाएको छ। वेलायतको स्वास्थ्य सेवामा नर्सहरूको माग भइरहेको समयमा हडताल भएको छ।

कोभिडलगायतका समस्याका कारण सेवाग्राहीको भीड बढिरहेका बेला हडतालले प्रशासनलाई थप दबाब सिर्जना गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?