सशस्त्र समूह विजेता !
सशस्त्र प्रहरीको एपीएफ क्लब महिला राष्ट्रिय फुटबलमा समूह विजेता बनेको छ ।
यसअघि नै सुपर लिगमा पुगेको एपीएफ र आर्मीले समूह चरणको अन्तिम खेलमा १–१ को बराबरी खेले ।
आर्मीले २३ औं मिनेटमा दिपा राईको गोलबाट अग्रता लिएको थियो । तर, एपीएफकी सावित्रा भण्डारीले ७७ औैं मिनेटमा बराबरी गोल फर्काइन् ।
बराबरीपछि एपीएफ र आर्मीको समान ७(७ अंक भएको छ । तर, गोल अन्तरका आधारमा एपीएफ समूह विजेता बनेको छ ।
सुपर लिगमा सोमबार पुलिसले आर्मीसँग खेल्नेछ । एपीएफले भने पूर्वाञ्चलसँग मंगलबार खेल्नेछ ।