शार्कको आक्रमणबाट अष्ट्रेलियामा किशोरीको मृत्यु


माघ २२, मेलबर्न, अष्ट्रेलिया। अष्ट्रेलियाको पश्चिमी क्षेत्रमा नदीमा पौडी खेल्ने क्रममा शार्कको आक्रमणमा परी शनिबार १६ वर्षीया एक किशोरीको मृत्यु भएको छ।

पर्थको फ्रेमेन्टल उपनगरमा रहेको स्वान नदीमा शार्कले किशोरीलाई टोकेपछि गम्भीर उहाँ घाइते भएको राज्य सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनलाई पानीबाट बेहोस अवस्थामा निकालिएको तर घटनास्थलमै मृत घोषित गरिएको फ्रेमेन्टल जिल्लाका प्रहरी निरीक्षक पल रोबिन्सनले बताए।

शार्कको आक्रमणमा पर्दा किशोरी नदीमा साथीहरूसँग पोडी खेलिरहेको बुझिएको छ।

“तिनीहरू जेट स्कीमा थिए। सम्भवतः नजिकै डल्फिनको एक समूह देखिएको थियो र किशोरी पोथी डल्फिनको नजिकै पौडी खेल्न हामफालेकी र सोही समय शार्कको आक्रमणमा परेकी थिइन्। नदीको त्यस भागमा शार्क फेला पर्नु असामान्य भएको मत्स्य विज्ञहरूले सुझाव दिएको रबिन्सनले बताए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?