नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गर्ने आईसीसीको निर्णय
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको छ ।
यूएईमा सम्पन्न आईसीसीको बोर्ड र ककिटी मिटिङले आन्तरिक विवादमा फसेको क्यानलाई निलम्बन गर्ने निर्णय लिएको हो । आधिकारिता विवाद अदालतमा रहेको र क्यानको नेतृत्वविहीन भएको भन्दै आईसीसीले आर्टिकल २.९ अनुसार नेपाल क्रिकेट संघलाई निलम्बन गरेको हो ।
बैठकले सरकारले हस्तक्षेप गरेका कारण क्यानमा स्वतन्त्र र निश्पक्ष चुनाव हुन नसकेको समेत जनाएको छ ।
क्रिकेट संघको एक समूहले साधारणसभा गर्दा राष्ट्रिय खेलकुद परिषदले मान्यता दिएको थिएन । त्यसको केही समयपछि परिषद्ले अर्को तदर्थ समिति बनायो । र, निर्वाचित समूह अदालतमा गएपछि आधाकारिकता विवाद सर्वोच्चमा विचाराधिन छ ।
आईसीसीले क्यान लामो समय नेतृत्वविहीन रहन नसक्ने र आईसीसीको धर्यता टुट्दै गएको जनाएको थियो ।
विवाद समाधान नभएपछि आईसीसीले आफ्नै पहलमा केही दिनअघि विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नामिबियाको खेल कीर्तिपुरमा गराएको थियो ।
आईसीसीले नेपाल क्रिकेट संघलाई निलम्बन गरेपछि सहयोग रोक्का हुने छ ।
साथै उसले क्यान स्वतन्त्र निकायका रुपमा स्थापित नहुँदासम्म निलम्बन कायमै रहने संकेत दिएको छ ।
यसैबीच क्यान निलम्बनले खेलाडीहरु प्रत्यक्ष मारमा नपर्ने भएका छन् । क्यान निलम्बन भए पनि नेपाली टोलीले आईसीसीको अन्तर्राष्ट्रिय खेलहरु भने खेल्न पाउने आईसीसी बोर्ड मिटिङको निर्णय छ ।