गहभरि आँशु पार्दै पर्थवासी नेपालीले सम्झिए भूकम्पमा परि दिवंगत भएकाहरुलाई
– कमल सिलवाल
गत बर्षको बिनाशकारी भुकम्पमा परी दिवंगत भएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै पर्थबासी नेपालीले पनि दिप प्रज्वलन गरी श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
पर्थको च्यारिटी संस्था ‘वी केयर नेपाल इन्क’को स्थापनाको पहिलो बर्षको समेत अवसरमा आयोजित कार्यक्रममा उपस्थित समुदायका सदस्यहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधी र नेपालबाट आउनु भएका अभिभावकहरुले बर्जउडस्थित गो एड्वार्ड पार्कमा भूकम्पबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । कार्यक्रमको सुरुमा मौनधारण गरिएको थियो । कार्यक्रममा बैशाख १२ गतेलाई सम्झदै वी केयर नेपालले निार्मण गरेको भुकम्प बिशेष अडियो सामाग्री प्रस्तुत गर्दा धेरैको गह आशुले भरिएको थियो। त्यस्तै सर्जक प्रकाश गौतम र निरज क्षेत्रीको भुकम्प सम्बन्धी मन छुने रचनाले सबैलाई केही क्षण स्तब्ध बनायो। कार्यक्रममा नेपाललाई सम्झदै केही राष्ट्रिय गीतहरु समेत गाइएको थियो । अन्त्यमा उपस्थित सबैले दिप प्रज्वलन गरी मृतकहरुको आत्माको चिर शान्तीको कामना गरेका थिए।
उक्त अवसरमा नावाका अध्यक्ष आङ दावा जे शेर्पा र एनआरएनएका पूर्वआइसीसी सदस्य भैरब ढकालले भुकम्पका बेला नेपाललाई सहयोग गर्नु हुने पर्थवासीहरुलाई धन्यवाद दिदै भबिश्यमा आउनसक्ने बिपत्तीमा सबै एक भएर अघी बढ्नपर्ने बताउनुभयो । उक्त अवसरमा वी केयर नेपाल इन्कले गत एक बर्षमा गरेका कामहरुको विवरण समेत प्रस्तुत गरिएको थियो। सस्थाका सदस्य उज्ज्वल केसीले विगतमा आफुहरुलाई सहयोग गर्ने पर्थका सबै संघ संस्था, ब्यवसाय र ब्यक्तीहरुलाई धन्यवाद दिएका थिए । वी केयर नेपाल इन्कले गएको एक बर्षमा पर्थबाट मात्रै झन्डै ३८ हजार अष्ट्रेलियन डलर संकलन गरेको थियो । जसमध्ये १० हजार डलर भुकम्प पस्चात तत्कालै राहत र बिद्यालय निर्माणमा खर्च गरिएको थियो भने बाकी रकम पुन प्रभाबित क्षेत्रमा बिधालय निर्माण र अन्य दिर्घकालिन पारीयोजनाहरुमा उपयोग गरिएको संस्थाले जनाएको छ ।