आइएसको ८० करोड डलर नष्ट गरिएको अमेरिकी दाबी


IS

अमेरिकी सेनाका अधिकारीहरुले आतंककारी संगठन इस्लामिक स्टेट आइएसको कोषमा रहेको ८० करोड अमेरिकी डलर हवाई आक्रमणका क्रममा नष्ट गरिएको बताएका छन् ।

अमेरिकी सेनाका मेजर जनरल पिटर गस्टर्नले अमेरिकी सेनाले आइएसको कोषलाई लक्षित गरी हवाई आक्रमण गरेको र त्यस क्रममा उसको कोषमा रहेको ८० करोड डलर नष्ट भएको बताउनुभएको हो । सन् २०१४ मा अमेरिकाले आफूले अहिलेसम्म कारबाही अभियानमा सामेल भएका मध्ये आइएस सबैभन्दा धनी विद्रोही संगठन रहेको बताएको थियो ।

अमेरिका नेतृत्वको गठबन्धन सेनाले आइएसविरुद्ध गरेको कारबाहीबारे पत्रकारलाई जानकारी दिने क्रममा जनरल गस्टर्नले यस्तो पछिल्ला २० हवाई आक्रमणका क्रममा आइएसको कोषको ठूलो रकम नष्ट गरिएको बताउनुभएको हो । उहाँले इराकको मोसुलमा रहेको एक घरमा गरिएको आक्रमणमा मात्रै १५ करोड नष्ट भएको दाबी गर्नुभयो । कति रकम नष्ट भयो भन्ने यकिन गर्न नसकिए पनि ५० देखि ८० करोड डलरसम्म नष्ट भएको हुनसक्ने उहाँको भनाइ थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?