अमेरिकी राष्ट्रपति पदको प्रारम्भिक निर्वाचनमा ट्रम्प र क्लिन्टनको विजयी यात्रा जारी


Louise Brown walks down King Street during a Black Lives Matter march, Saturday, June 20, 2015, in Charleston, S.C. The event honored the Emanuel AME Church shooting victims. (AP Photo/Stephen B. Morton)

अमेरिकाको राष्ट्रपति पदका लागि भएको प्रारम्भिक निर्वाचनमा अग्रपंक्तिमा रहेका दुई उम्मेदवार रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टन विजयी भएका छन् । मंगलबार पाँच राज्यमा भएको निर्वाचनमा ट्रम्पले पाँचै राज्य तथा क्लिन्टनले चार राज्यमा जीत निकालेका हुन् ।

कनेक्टीकट, डेलावेयर, मेरिल्याण्ड, पेन्सिलभानिया र रोडे आइल्याण्डमा भएको निर्वाचनमा ट्रम्पले सबै तथा क्लिन्टनले रोडे आइल्याण्डबाहेक अरु चार राज्यमा जितेर आफ्नो दोबदारी झन् बलियो बनाएका हुन् । डेमोक्रेटका बर्नी सान्डर्सले भने उक्त एक स्थानमा मात्र जित हात पारे । डेमोक्रेटिक पार्टीको उम्मेदवार बन्न दुई हजार तीन सय ८३ पार्टीका प्रतिनिधि आवश्यक पर्छ । हिलरीका लागि यो संख्या जुटाउन त्यती गाह्रो देखिएको छैन । उनलाई अब २ सय ४२ प्रतिनिधि अपुग छ । पछिल्लो परिणामले हिलरीलाई जित्न गाह्रो हुने भएपछि सान्डर्सलाई उम्मेदवारी फिर्ता लिन दबाव बढेको छ । यद्यपी, सान्डर्सले भने राष्ट्रपतिको उम्मेदवारी दौडमा अन्तिमसम्मै रहने जिकीर लिइरहेका छन् ।

रिपब्लिकनमा भने यो दौड अरु पेचिलो देखिँदैछ । उम्मेदवार बन्न एक हजार दुई सय ३७ डेलिगेट्स आवश्यक पर्छ । तर, प्रतिष्पर्धामा रहेका कसैले पनि यो संख्या पु¥याउने सम्भावना कम रहेको बताईदै छ । अहिलेसम्म सबैभन्दा बढी प्रतिनिधिको समर्थन जुनाएका ट्रम्पलाई अब २ सय ८७ मत आवश्यक छ । तर उक्त संख्या पु¥याउन नदिन ट्रम्प विरुद्ध रिपब्लिकन पार्टीभित्र ठूलो खेल शुरु भएको छ । यस्तोमा पार्टी प्रतिनिधिले फेरि मतदान गर्नुपर्ने हुन्छ । त्यो परिस्थिति आउँदा बढी प्रतिनिधिको सहमति जुटाएर पनि ट्रम्पको व्यवहारका कारण समर्थन पाउने कम सम्भावना देखिँदै गएको छ ।

पार्टी प्रतिनिधिले जसलाई समर्थन ग¥यो उ नै उम्मेदवार बन्ने भएकाले प्राइमरी चुनावमा जनताले कसलाई भोट हाल्यो भन्ने कुराले अर्थ राख्दैन । ट्रम्पका दुई प्रतिष्पर्धी टेड क्रूज र जन क्रेसिकले आवश्यक १२३७ प्रतिनिधि जुटाउन नसक्ने देखिइए पनि उनीहरु ट्रम्पलाई पनि यो संख्या जुटाउन नसक्ने बनाएर दोस्रो चरणमा निर्वाचन लैजाने दाउमा छन् । जहाँ पार्टी प्रतिनिधिले दिने मत ट्रम्पलाई नगएर यी दुई मध्ये एकले पाउन सक्छन् । त्यसैले त अर्को साता इण्डियाना राज्यमा हुने प्राइमरी चुनावमा दुबैले सहकार्य गर्ने सहमति गरेका छन् । त्यहाँ साझा उम्मेदवारका रुपमा टेड क्रूज ट्रम्पसँग प्रतिस्पर्धामा रहने छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?