टर्कीमा फेरि शक्तिशाली भूकम्प, तीन जनाको मृत्यु


फागुन ९, एजेन्सी । विनाशकारी भूकम्प गएको २ साता भित्रै टर्कीमा फेरि भूकम्प गएको छ। जसका कारण ३ जनाको मृत्यु भएको छ। ६ दशमलब ४ म्याग्निच्युटको भूकम्पबाट ६ सय ८० भन्दा बढी घाइते भएका छन्।

टर्कीको दक्षिणी क्षेत्र आन्तक्य, डेफ्ने र सामन्दगीमा बढी क्षति पुगेको टर्कीका आन्तरिक मामिला मन्त्री सुलेमान सोयलुले जानकारी दिए। प्रत्यक्षदर्शीका अनुसार प्रभावित क्षेत्रहरुमा थप क्षति भएको र मानिसहरु भग्नावशेषमा पुरिएका छन्। क्षतिको विवरण आउन बाँकी छ।

पटक पटकको परकम्पनपछि आएको भूकम्पका कारण टर्की र सिरिया क्षेत्रमा त्रास बढेको छ। आपतकालीन उद्दार र राहतका लागि आवश्यक तयारी गरिएको पनि सरकारी अधिकारीहले बताएका छन्।

टर्कीमा गत फेब्रुअरी ६ यतामात्र साना ठूला गरी ६ हजार भन्दा बढी परकम्प भएको अधिकारीहरुले बताएका छन्। यसअघि गएका २ ठूला भूकम्पमा परी टर्की र सिरियामा गरी ४४ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?