गोर्खाको विकट गाउँमा नारी निकुञ्ज अष्ट्रेलियाले बनायो विद्यालय भवन
नारी निकुन्ज अष्ट्रेलियाले भूकम्प प्रभावित जिल्ला गोर्खाको बिकट महाभिर गाउँमा प्राथमिक बिदयालय को भवन निर्माण गरेको छ । गत वर्ष वैशाखमा गएको विनाशकारी भूकम्पले उक्त विद्यालयको भवन भत्काएपछि विद्यार्थीहरु विद्यालय जानबाट बञ्चित थिए ।
काठमाडौंबाट यातायातको साधन र पैदल गरी १२ घण्टाको दुरीमा रहेको यो बिदयालय पुनर्निर्माणको क्रममा आर्थिक सहायताका लागि नारी निकुञ्ज अष्ट्रेलियासँग सहयोगका लागि आग्रह गरेपछि संस्थाले बनाउने निर्णय गरेको । स्थानीय गोपाल संग्रौलासँगको समन्वयमा स्कुल निर्माण गरिएको हो । पुनर्निमाण को सच्चा साझेदार भन्ने नाराका साथ अघि बढेको एनआरएनको मूलमन्त्रलाई आत्मासाथ गर्दै हामीले गतवर्ष तीजमा संकलन गरेको रकमले विद्यालयको भवन निर्माण गरिदिएका हौं, नारी निकुञ्ज अष्ट्रेलियाकी संयोजक सिर्जना संग्रौलाले एमएनटीभीलाई बताउनुभयो । नारी निकुञ्जले हरेक वर्ष हरितालिकाु तीजलाई भव्यताका साथ मनाउने र यसबाट केही आर्थिक संकलन गरी परोपकारी काममा खर्च गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ । निुकञ्जले नियमित रुपमा नेपालमा पाठेघर झर्ने समस्याबाट पीडित महिलाको उपचार गर्दै आएको छ । यस वर्ष मात्रै २५ जना महिलाले यो सुविधा लिएको संस्थाकी सचिव प्रतिज्ञा अधिकारीले जानकारी दिनुभयो । सहयोगी हात नेपाल नामक संस्था मार्फत यो अभियान अघि बढाइएको छ । यो वर्ष नारी निकुन्ज अष्ट्रेलियाले अगस्ट एक तारिखका दिन हरितालिका तीजको अवसरमा विशेष कार्यक्रम गर्दैछ । कार्यक्रम ग्रानभिलस्थित ब्लाउजा हलमा गरिने अधिकारीले जानकारी दिनुभयो ।