सिरियाका विभिन्न शहरमा आंशिक युद्धविराम लागू
सिरियाका विभिन्न शहरमा आंशिक युद्धविराम लागु भएको छ । सिरियाली सेनाले घोषणा गरेको युद्धविराम राजधानी दमास्कसमा एक दिन र लटाकिया प्रान्तमा तीन दिन लागु हुनेछ । एलेप्पोलगायतका शहरमा भने युद्धविराम लागु हुने छैन । एलेप्पो शहरमा पछिल्लो दुई हप्ता यता २ सय ३० भन्दा बढीको मृत्यु भएको छ । विद्रोहीहरुलाई गैरसैनिक निशानामा आक्रमण गर्ने बहाना नदिनका लागि पछिल्लो कदम चालिएको सिरियाली सेनाले जनाएको छ । सिरियामा शत्रुता अन्त्यको सम्झौतालाई पुनर्जिवित गर्ने प्रयासमा रहेका अमेरिका र रुसको कुटनीतिक दबाबपछि युद्धविराम घोषण गरिएको हो । सिरियामा विगत ५ वर्ष यताको गृहयुद्धमा परि २ लाख ६० हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।