भृकुटीमण्डपको जग्गा सस्तो भाडामा दिने दुई पूर्वमन्त्रीहरु भ्रष्टाचार मुद्दामा दोषी ठहर
फागुन १७, काठमाडौँ । विशेष अदालतले पूर्व मन्त्रीद्वय टेकबहादुर गुरुङ र बद्रीप्रसाद न्यौपाने लाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। नेपाली कांग्रेसका सांसदसमेत रहेका गुरुङ र प्रभु साह नेतृत्वको आम आदमी पार्टी नेता न्यौपानेलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले पूर्वमन्त्रीद्वय गुरुङ र न्यौपानेसहित ९ जनालाई दोषी ठहर गरेको हो।
भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्नका लागि सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले आज दोषी ठहर गरेको हो।