‘भिक्टोरियामा नेपालीका सच्चा अभिभावक चन्द्र योन्जन’


आइतबार भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन फरक कार्यक्रममा हुनुहुन्थ्यो । उहाँले नेपाली युवा विद्यार्थीका लागि आयोजना गरिएको तनाव व्यवस्थापन कार्यक्रममा आफ्नो मन्तव्य सकाउनुभयो । अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनको भनाई सुनिसकेपछि सहभागीमध्ये एक ईश्वर चिन्तनले प्रतिक्रिया दिए, “मलाई त भगवान भेटेको जस्तो भयो । योञ्जनले भन्नुभएका कुरा सुनेर अहिले नै केही गरौं, तत्कालै सकारात्मक सोचौं, जस्तो भएको छ । एउटा नयाँ ऊर्जा आएको छ ।” योञ्जनको भनाई सुनिसकेपछि अर्की सहभागी सावित्रा पौडेलले प्रतिक्रिया दिइन्, “मभित्र आज आत्मविश्वास जागेको छ । आज हामीसँग एकजना शेष घले छन् । भोलि दर्जनौं शेष घले बन्न सक्छौं भन्ने लागेको छ ।”
कार्यक्रममा नै सहभागी भएका डा. चन्द्रदिप पोखरेलले पनि आफ्नो मन्तव्यमा योञ्जन यो क्षेत्रमा रहेका नेपालीहरुको लागि सच्चा अभिभावक भएको बताउनुभयो । पोखरेलले अगाडि थप्नुभयो, “अहिलेका तपाईं भाइबहिनीहरु त निक्कै भाग्यमानी । हिजोका दिनमा हामी नेपाली बोल्ने कोही मान्छे भेट्यौं कि यसै दंग हुन्थ्यो त्यस्तो थियो अवस्था । त्यस्तो बेलामा पनि चन्द्र दादा (योञ्जन) कहाँ हामी सानो सानो समस्या भयो कि पुगिहाल्थ्यौं ।” Chandra 1

वास्तवमा महावाणिज्यदूत योञ्जनले तनाव व्यवस्थापनको औपचारिक कार्यक्रममा डा. अनुपम पोखरेल र डा. चन्द्रदिप पोखरेलले सहभागीहरुलाई कसरी तनाव व्यवस्थापन गर्ने ? तनाव के हो र अष्ट्रेलियाको स्वास्थ्य सेवासम्मको पहुँचलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा दिएको मन्तव्यपछि यहाँको जीवनका विषयमा आफ्नो धारणा राख्दै हुनुहुन्थ्यो ।Chandra2

योञ्जनले नेतृत्व गरेको रोयल गोर्खा ईन्ष्टिच्युट अफ टेक्नोलोजीमा ३० प्रतिशतभन्दा बढी कर्मचारी नेपाली नै छन् । नेपालीका लागि सहयोग गर्न सदैव तत्पर रहने योञ्जनको स्वभाव आजको होइन । योञ्जनले भन्नुभयो, “तपाईंहरु भोलिको तारा हो । हिजोका दिनमा नेपाली विद्यार्थीले कहाँ किचेन ह्याण्डको काम छ ? कहाँ क्लिनिंग गर्न पाइन्छ भनेर खोज्दथे । तर, आज त तपाईंहरुले अष्ट्रेलियाका विभिन्न प्रतिष्ठित संस्थाहरुमा आफूलाई उभ्याउन सक्नुहुन्छ । अष्ट्रेलिया अवसरै अवसरको सागर हो । यहाँको शिक्षा छ, यहाँको रहनसहन बुझ्नुभएको छ । अघि बढ्नुहोस् जस्तोसुकै अवस्थामा पनि सकारात्मक सोच राखेर अघि बढ्दै जाँदा सफलता अवश्य हाँसिल हुन्छ ।” महावाणिज्यदुतको रुपमा कार्यरत रहँदा योञ्जनले कैयौं पटक नेपाली विद्यार्थीहरुलाई जेलमा गएर पनि भेट्नुभएको छ । उनीहरुलाई त्यहाँ चाहिने कानूनी सहयोगका लागि । अनि, कैयौं पटक गम्भीर रोगका कारण जीवनको अन्तिम मोडमा पुगिसकेकाहरुलाई पनि साहसको नयाँ सञ्चार गराउनुभएको छ, आशाको किरण बालिदिनुभएको छ । योञ्जनले उदाहरण दिनुभयो, “नाम त मैले सार्वजनिक गर्न मिल्दैन । तर, यहाँ विद्यार्थीको रुपमा आउनुभएको एकजना भाईले पढाई सकाउनुभयो । पर्मानेन्ट रेसिडेन्सीका लागि अप्लाई पनि गर्नुभयो । तर, मेडिकलको बेलामा श्रीमान र श्रीमतीलाई भिसा दिइयो । छोरी भने अपांगता भएको भन्दै उनको स्वास्थ्यलाई कारण देखाएर भिसा दिइएन । त्यो बाबुआमाको हालत सोच्नुहोस् त ? त्यतिबेला कस्तो हुन्छ होला । जब उहाँहरु समस्या लिएर मसम्म आउनुभयो । मैले भनें, जस्तोसुकै परोस् म बरु तपाईंलाई स्पोन्सर गर्छु ४५७ भिसामा ।” जब योञ्जनले यस्तो बताउनुभयो हलमा ताली गुञ्जियो । सबैजना हजारौं किलोमिटर टाढाको यो मेलबर्नमा आफ्नो कोही त अभिभावक छ । जसलाई आफ्ना गुनासाहरु, समस्याहरु राख्न सकिन्छ भनेर ढुक्क भएका देखिन्थे । कार्यक्रमको आयोजना नेप्लीज युथ एशोसिएसनले गरेको थियो । विद्यार्थीहरुमा विभिन्न कारणबाट बढ्दै गएको तनाव र त्यसको व्यवस्थापनका उपायहरु सुझाउने यो कार्यक्रममा वास्तवमै मन्त्रमुग्ध भएर उनीहरु सुनिरहेका थिए योञ्जनलाई । “नेपालीलाई मेहनत गर्ने जाति, ईमान्दार भनेर विभिन्न ठाउँमा गएको बेला मलाई भन्छन् । कति खुशीको कुरा हो यो । यसलाई कायम राख्नका लागि, जोगाउनका लागि सबै संघसंस्था एकढिक्का भएर अघि बढ्नुपर्छ । एकअर्कासँग सहकार्य गरेर समूदायको हितलाई प्रबद्र्धन गर्नु नै वास्तवमा नेपालीको परिचय हुन्छ”, योञ्जनले अन्त्यमा भन्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?