बालिका बलत्कार आरोपमा एक जना पक्राउ


फागुन २५, काठमाडौँ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शान्तिनगर गाउँपालिका७ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

किशोरले मंगलबार दिउँसो ती बालिकालाई ललाई फकाई सोही ठाउँमा रहेको माध्यामिक विद्यालय धनौरीको छेउमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?