राखेपबाट क्यानको पुनर्गठन गर्ने विकल्प प्रस्तुत्, निर्वाचित समितिलाई मुद्दा फिर्ता लिन आग्रह


Rekhapa

राष्ट्रिय खेलकुद परिषद् राखेपले अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बनमा परेको नेपाल क्रिकेट संघ क्यानको पुनर्गठन गर्ने विकल्प अघि सारेको छ ।

राजधानीमा पत्रकार सम्मेलन गरी राखेपका सदस्यसचिव केशव बिष्टले शून्यबाट सुरु गर्दै नयाँ क्यान गठन गर्न राखेप तयार रहेको बताउनुभएको हो । क्यानको निर्वाचित समितिले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा यथावत् रहेकाले राखेपले गठन गरेको तदर्थ समिति तत्काल भंग गर्न नमिल्ने भन्दै सदस्य सचिव बिष्टले निर्वाचित समितिले मुद्धा फिर्ता लिए नयाँ क्यान गठन गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

प्रक्रिया नपु¥याई अधिवेशन गरेकाले क्यानको निर्वाचित समिति बैध नभएको भन्दै सदस्य सचिव बिष्टले दुबै समितिका पदाधिकारी र दुबैमा नअटेकालाई समेत समेटेर नया क्यान गठन गर्ने र यसो गर्दा पनि समस्या समाधान नभए चुनावका लागी समिति बनाउन राखेप तयार रहेको बताउनु भएको छ । पत्रकार सम्मेलनमा सदस्य सचिव बिष्टले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले क्यानलाई निलम्बन गर्नुमा राखेपको दोष नभएको समेत दाबी गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?