हङकङ पठाउँछु भन्दै चीनमा लगेर अलपत्र पार्ने महिला पक्राउ


Mahila Pakrauहङकङ पठाउने १३ लाख रुपैयाँ ठगी गरी चीनमा लगेर अलपत्र बनाउने एक कन्सल्टेन्सी सञ्चालिकालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले कपिलवस्तु घर भई काठमाडौंको म्हैपी बस्ने ३६ वर्षीया लक्ष्मीदेवी विकलाई पक्राउ गरेको हो । उनले हनेष्टी इन्टरनेसनल हुमन रिसर्च कन्सल्टेन्सी खालेर सिन्धुपाल्चोक पाङताङ–४ बस्ने २४ वर्षीय शिवलाल श्रेष्ठ  र सिन्धुली जिल्ला कमलामाई नगरपालिका–१४ की २८ वर्षीया सरिता मगरलाई हङकङ पठाउने भनि १३ लाख उठाएकी थिईन ।

पछि हङकङ लगेर आफूलाई १ महिना अलपत्र बनाएको भन्दै २ जनाले प्रहरीमा उजुरी दिएका थिए । १ महिना चीनमा अलपत्र परेपछि उनीहरु आफ्नै खर्चमा नेपाल आएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?